सुडानमा कुपोषणले एक साताभित्र ६३ को मृत्यु
काठमाडौं – सुडानको घेराबन्दीमा परेको एल–फाशेर सहरमा कुपोषणले एक सातामा ६३ जनाको ज्यान गएको छ। तीमध्ये धेरैजसो महिला र बालबालिका छन्। यो जानकारी एक स्वास्थ्य अधिकारीले आइतबार दिए।
आधिकारिक विवरणअनुसार यो संख्या अस्पताल पुगेका बिरामीको मात्र हो। कमजोर सुरक्षा र सवारीसाधन अभावले धेरै परिवारले मृत आफन्तलाई उपचार नदिई गाडेका छन्।
गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल (आरएसएफ) को घेराबन्दीमा छ। यो समूह सुडानको नियमित सेनासँग २०८० वैशाखदेखि युद्धरत छ। एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूलो सहरमध्ये एक हो। राजधानीबाट फिर्ता भएपछि यो समूहले हालै आक्रमण बढाएको छ।
गत चैतमा नजिकको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि धेरै व्यक्ति पुनः विस्थापित भएर एल–फाशेरमा शरण लिन बाध्य छन्।
जीवनरक्षक मानिएका सामूहिक भान्साघर खाद्यान्न अभावले बन्द भएका छन्। केही परिवार पशुचौँरीको घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार एल–फाशेरमा पाँच वर्षमुनिका करिब ४० प्रतिशत बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, जसमध्ये ११ प्रतिशत गम्भीर कुपोषणको सिकार छन्।
साउनमा वर्षा चरममा पुग्दा सहरसम्म पुग्न झन् कठिन भएको छ। बाटो बिग्रिएकाले राहत सामग्री पुर्याउन लगभग असम्भव भएको छ। तीन वर्षदेखिको युद्धले धेरैको मृत्यु भएको छ, लाखौँ विस्थापित छन् र संयुक्त राष्ट्रसंघका अनुसार यो विश्वकै ठूलो विस्थापन र भोकमरी संकट बनेको छ। एएफपी
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया