ग्राण्डी अस्पतालमा स्टाफ नर्स र क्यासियरका लागि रोजगारीको अवसर
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले १४ जना कर्मचारी माग गरेको छ । अस्पतालले बुधबार सूचना जारी गर्दैे स्टाफ नर्स १० जना र क्यासियर चार जनाको लागि आवेदन खुलाएको हो ।
अस्पतालका अनुसार स्टाफ नर्सका लागि उम्मेदवारको न्यूनतम योग्यता पिसीएल, बिएससी, बीएनमा नर्सिङ गरेको हुनुपर्ने र न्यूनतम एक वर्ष डाइलासिस तथा अपरेसन थ्रेटरमा कार्यअनुभव भएको तोकेको छ । क्यासियरका लागि भने १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार इच्छुक आवेदकले २७ अप्रिलसम्म आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया