पार्टीका सबै अंगमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने माओवादी मात्रै हो’ : ‘प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पार्टीका सबै अंगमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टी माओवादी मात्रै भएको जिकिर गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै युवाको रगत, पसिना र बलिदानी पूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको बताएका हुन्।
उनले भनेका छन्, ‘गर्वका साथ भन्न चाहन्छु,’नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नै नेपालको एक मात्र यस्तो पार्टी हो जसले पार्टीका सबै अंगमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसले युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गरेको छ।’
माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको जिकिर गरेका छन्।
उनले थपेका छन्, ‘युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न र नवप्रवर्तनलाई संस्थागत रूप दिन महत्त्वपूर्ण पहलहरू सुरु गरियो । युवा स्वरोजगार कोषको स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो। राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत स्वरूप दिइयो ।’
युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरेर सीप, तालिम र लगानी पहुँचमार्फत नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गर्नुका साथै नवप्रवर्तन गर्ने युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान अघि बढाएको पनि उल्लेख गरेका छन्।
भनेका छन्, ‘वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा अनुभव आर्जन गरेका युवालाई स्वदेशमै व्यवसाय सुरु गर्न प्रेरित गर्न रिटर्नी उद्यमी कार्यक्रम अघि सारियो, यद्यपि विडम्बना, म पछिका सरकारले त्यसलाई निरन्तरता दिएन । यी सबै कार्यक्रम र योजनाहरू केवल कागजी घोषणामा सीमित भएनन्, बरु हजारौँ युवाको जीवनमा वास्तविक परिवर्तन ल्याउने अभ्यासको रूपमा समेत विकसित भए ।’
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया