सबै दलले चुनावी गठबन्धन गरे पनि एमालेलाई केही फरक पर्दैन : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहँदा चुनावी परिणाममा कुनै फरक नपर्ने जिकिर गरेका छन् । ०७४ को निर्वाचनमा प्रतिपक्षमा रहँदा एमालेले बहुमत ल्याएको भन्दै आगामी निर्वाचनमा पनि बहुमत ल्याउने दाबी गरे ।

‘अहिले हामी षड्यन्त्रमुलक ढंगले प्रतिपक्षमा पुगेका छौं । गत निर्वाचनमा पनि हामी प्रतिपक्षमै थियौं । जनताले एमालेलाई बहुमत दिए’,
केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देशभर एमालेको संगठन बलियो भएकाले पहिलेको भन्दा स्थिति धेरै मजबुद छ । एमालेलाई प्रवेश निषेध गरिएको ठाउँमा पनि हाम्रो उपस्थिति बलियो रहेको छ ।’
आगामी निर्वाचनमा आत्मविश्वासका साथ अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई उनले निर्देशन दिएका छन् । उनले एमालेबाहेक अन्य सबैदल एक भएर चुनावी गठबन्धन गरे पनि आफ्नो पार्टीलाई कुनै फरक नपर्ने जिकिर गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया