NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ७ गते

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रिपरिषदले प्रोत्साहन स्वरुप ढाँटलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए । यस्तै, ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाललाई पहिलो पटक उपाधि दिलाउन सफल भएकोमा ढाँटलाई फेरि पनि बधाई दिएका छन् ।

एक साताअघि भएको प्रतियोगितामा ढाटले भारतीय फाइटर चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको टाइटल जितेका थिए । यो ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

 

ताजा अपडेट

नेपालवाच विशेष