महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक
भीमदत्त– सुदूरपश्चिममा गए रातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ ।
पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए ।
उनकाअनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो ।
दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया