एमसीसी परियोजना : दुई विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै अघि बढ्यो
काठमाडौं- अमेरिकाद्वारा वैदेशिक सहायता समीक्षापछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले शुक्रबार दुई प्रमुख विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै आयोजना अगाडि बढाएको हो।
प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जलिक स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको हो।
संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेको यस सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन हुने जनाइएको छ।
अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्याय, एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गल, अमेरिकी दूतावासका अधिकारी, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।
एमसीसीका कार्यवाहक उपाध्यक्ष विङ्गलले नेपालमा विद्युत् उपलब्धता र विश्वसनीयता सुधारका साथै क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धिमा सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया