NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

मनोहरा नदी किनारको सुकुम्वासी बस्तीमा महानगरको डोजर

काठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ।

शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीको सहयोगमा महानगरले बस्तीभित्र निर्माण गरिएको नयाँ भौतिक संरचना भत्काएको हो।

महानगरले अवैध रूपमा निर्माण भएका संरचनाहरू हटाउने अभियानअन्तर्गत मनोहरा क्षेत्रमा कार्य सञ्चालन गरेको जनाएको छ।