NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ७ गते

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका तर्फबाट पाँच जना प्रदेशसभा सदस्यलाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्रीमा सिफारिस गरेको कांग्रेस स्रोतले जनाएको छ ।

वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।

यस्तै कांग्रेस केन्द्रीय समस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फकी सांसद हुन् । उनीहरूलाई मुख्यमन्त्री बानियाँले शुक्रबार नै शपथ ग्रहण गराउने तयारी छ ।

सिफारिसमा परेका सांसदहरिहरूलाई कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा भने केही खुलेको छैन । कांग्रेस स्रोतका अनुसार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष