रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गर्ने निर्णय भएको छ। कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अनुसार नै सरुवा प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए।
शर्माका अनुसार लामिछानेको लिखित मन्जुरीअनुसार नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरी रुपन्देही कारागारलाई पत्राचार गरिसकीएको छ। अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले सुरक्षा व्यवस्थापन मिलाएर स्थानान्तरण प्रक्रिया अघि बढाउनेछन्।
हाल पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेले यसअघि नै नख्खु कारागारमा सरुवा गर्न निवेदन दिएका थिए ।
गृहमन्त्री रमेश लेखकले बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा लामिछानेको कारागार सरुवा प्रक्रिया भइरहेको जानकारी दिएका थिए ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया