भारतीय विदेशसचिव मिस्री र प्रधानसेनापति सिग्देलबीच भेट
काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका छन् ।
उनले त्यस क्रममा हलुका वाहन, महत्त्वपूर्ण स्वास्थ्य उपचार उपकरण तथा सैन्य जनावर तालिम प्राप्त कुकुर र घोडा नेपाली सेनाको मुख्यालयमा हस्तान्तरण गरे ।
यी सामग्रीहरूको हस्तान्तरणले दुई सेनाबीचको घनिष्ठ सम्बन्ध मजबुत बनाउनुका साथै रक्षा सहयोगलाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ।
‘यसले विश्वास र साझेदारीको भावनालाई अभिव्यक्त गर्दछ, जसले लामो समयदेखि हाम्रो स्थायी सम्बन्धलाई विशेषता दिएको छ ‘,दूतावासले भनेको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया