विमान सडकमा खस्दा हाइटीमा ६ जनाको मृत्यु
काठमाडौं । हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सको व्यस्त सडकमा एउटा सानो विमान बुधबार दुर्घटना हुँदा पाइलटसहित कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विमान पोर्ट ओ प्रिन्स एयरपोर्टबाट हाइटियन सहर ज्यामेलको लागि उडेकाे थियाे । नागरिक उड्डयन कार्यालयका अनुसार विमानको इन्जिन फेल भएका कारण दुर्घटना भएकाे हाे ।
विमानमा पाइलटसहित ६ जना सवार थिए । सडकमा विमान खस्दा एक माेटरसाइकल चालककाे पनि मृत्यु भएकाे छ र सडकमा हिँडिरहेका अन्य ६ जना घाइते भएकाे उपनगर क्यारेफोरका प्रहरी प्रमुख पियरे बेलामी सामेदीले सञ्चारमाध्यमलाई बताए । उनका अनुसार उडान भरेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको हाे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया