लिपुलेकमा नेपालको दाबी स्वीकार्य हुँदैन : भारत
काठमाडौं भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो । दशकौँदेखि निरन्तर चलिरहेको छ । यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् । एकतर्फी रूपमा कृत्रिम रूपमा भू–भाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’
बुधबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको बताएको थियो ।
सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन गएका बेला लिपुलेक नाका खोल्ने सहमति भएको थियो । त्यसबेला पनि नेपालले कूटनीतिक नोट पठाएर दुवै देशसँग आपत्ति व्यक्त गरेको थियो ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया