४.८३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं, १० भदौ । मंगलबार नेप्से परिसुचक ४.८३ अंकले बढेर २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । अघिल्लो दिन २१.३० अंकले बढेको बजार २७६१.२६ बिन्दुमा बन्द भएको थियो ।
आज(मंगलबार) शेयर कारोबार भने घटेको छ । सोमबार ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता शेयर कारोबार भएको बजारमा मंगलबार कुल ३२२ स्टकको ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको छ ।
आज सेन्सेन्टीभ इन्डेक्स ०.५१ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ ।
आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४२.७० रुपैयाँले बढेर ४७०.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य प्रतिकित्ता ४४.२९ रुपैयाँले बढेर ५५८.७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नारायणि विकास बैंकको शेयर मूल्य प्रतिकित्ता ५७.५० रुपैयाँले बढेर ८४७.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ७९.६७ रुपैयाँले बढेर १८३७.२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन कुमारी सबल योजनाको शेयर मूल्य ३.६६ प्रतिशतले घटेर प्रतिकित्ता ९.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नाडेप लघुवित्तको शेयर मूल्य २.९९ प्रतिशतले घटेर प्रतिकित्ता ८१६.११ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता २.५९ प्रतिशतले घटेर ४५०.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्टक्चर, हिमालयन डिस्टिलरी र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया