सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो खस्दा २ जना बेपत्ता
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ ।
तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ को बोलेरो सडकबाट भोटेकोशी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाका अनुसार बोलेरो भोटेकोशीमा खसेर सर्लाही बरथहवा नगरपालिका २ बस्ने २३ वर्षीय राजेश कुमार कुसवाह (चालक) र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) बेपत्ता भएका छन् ।
दुर्घटनामा परेको बोलेरोलाई स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा १ जना पुरुष व्यक्तिको शव भोटेकोशी नदीले बगाएको र अर्को शव पहिले नै बगाएको हुनसक्ने प्रजीअ बास्तोलाले बताए ।
भोटेकोशीले बगाएको व्यक्तिको शव प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसेले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया