चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान
चितवन । यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ ।
आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको हो । आयोगमा ५१ हजार जनाले जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका छन् । एक व्यक्तिले पाँच पटकसम्म पनि आवेदन गरेका छन् ।
भूमिहीन ४०० जनालाई प्रमाणपत्र वितरण गर्नेगरी काम भइरहेको छ । हालसम्म १५० जनाको प्रमाणपत्र तयार भइसकेको छ भने आगामी असोजसम्ममा ४०० जनाको तयार गर्ने लक्ष्य अध्यक्ष मोक्तानले सुनाए। स्थानीय तहसँगको समन्वयमा आयोगले काम गरिरहेको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया