वीरगञ्जमा २४ घण्टामा थप ७५ जनामा हैजा पुष्टि
काठमाडौँ। वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ६९७ पुगेको छ ।
पछिल्लो तथ्यांक सार्वजनिक अनुसार संक्रमित बिरामीको सरकारी तथा निजी गरी १७ वटा स्वास्थ्य संस्थामा १९३ जनाको उपचार भइरहेको छ । ती मध्ये ३३ जना आइसियु र ४ जना एचडीयूमा छन् ।
अहिलेसम्म ५०४ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले सबैभन्दा बढी नारायणी अस्पतालमा १४ जना आईसीयूसहित कूल ८३ जनाको उपचार भइरहेको छ । त्यसैगरी कुल २९ जनाको तराई अस्पतालमा उपचार भइरहेको छ। ४ आइसीयू र २ एचडीयूमा उपचार भइरहेको छ।
यस्तै नेशनल मेडिकल कलेजमा र प्रभु अस्पतालमा १०-१० जना, सर्वोत्तम अस्पतालमा ८, मंगलम प्याथोलोजी ४ र अन्य अस्पतालमा गरी १९३ जनाको उपचार भइरहेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका भित्र(भित्रै हैजा फैलिएपछि पर्साको पोखरी उपमहानगरपालिका र बारामा जनामा हैजाको संक्रमण पुष्टि भएको छ। अन्य जिल्लामा पनि झाडापखालाका बिरामी बढ्दै जाँदा हैजाको प्रकोप अझै गम्भीर बन्दै गएको चिकित्सक बताउँछन्।
पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुग्यो भन्ने पहिचान हालसम्म हुन सकेको छैन । स्रोत पत्ता नलाग्दा रोग नियन्त्रण कठिन बन्दै गएको छ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया