दुई हजार १ सय २० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार
बागलुङ । लघु जलविद्युतको भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि लुघजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो ।
जिल्ला सदरमुकाम आसपास क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार भइसकेको हुँदा अहिले पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको विद्युत् प्राधिकरणका प्रमुख पवन पौडेलले जानकारी दिए। पछिल्लो एक वर्षमा दुई हजार बढी घरमा केन्द्रीय लाइन विस्तार गर्दा ३७ हजार ४१६ ग्राहक बढेको उनको भनाइ छ ।
प्रमुख पौडेलका अनुसार रु. १५ करोड ९२ लाख ५२ हजार १७७ लागतमा ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर शून्य दशमलव चार केभी लाइनको संरचना निर्माण गरिएको छ । एक वर्षमा ३७ स्थानमा ट्रान्फर्म जडान भएको पौडेलले जानकारी दिए । जिल्लाभर हालसम्म ८५ प्रतिशत घरमा विद्युत्को पहुँच पुगेको भन्दै त्यसमध्ये २९ दशमलव नौ प्रतिशत घरमा मात्र लघु जलविद्युत्को प्रयोग भइरहेको उनको भनाइ छ ।
“बागलुङ वितरण केन्द्रबाट अघिल्लो वर्षदेखि नै पश्चिम बागलुङलाई ‘फोकस’ गरेर लाइन विस्तार गरिरहेका छौँ, यस वर्ष ढोरपाटन र बडिगाडको केही ठाउँमा बत्ती बाल्यौँ सफल भयौँ, लाइन विस्तार धेरै ठाउँमा भएको छ”, प्रमुख पौडेलले भने, “अब जिल्लाका सबै दूर दराजमा केन्द्रीय लाइन पुर्याउने काम भइरहेको छ, अझै पनि जिल्लामा करिब ३० प्रतिशतका हाराहारीमा जलविद्युत् नै प्रयोग हुने गरेको छ ।”
केन्द्रीय लाइन विस्तार भएपछि ग्रामीण क्षेत्रका स्थानीय खुसी भएका छन् । केन्द्रीय लाइन जडान गरेपछि लघु जलविद्युत् बगिँदा महिनौँसम्म अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बडिगाड गाउँपालिका–९ का कुलबहादुर क्षेत्रीले बताए । केन्द्रीय लाइन जडान भएपछि बर्खाको समयमा धेरै पटक लाइन जाने गरेको उनको भनाइ छ । पछिल्लो एक महिनादेखि दैनिक दुईदेखि पाँच घण्टा लाइन जाने गरेको क्षेत्रीले गुनासो पोखे ।
हालसम्म बागलुङका अधिकांश बस्तीमा केन्द्रीय तथा लघु जलविद्युत्को लाइन पुगेको छ । तर निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर भने अन्धकारमै छ । राज्यले उपेक्षामा पार्दा सिंगो गाउँ नै अन्धरकारमा बस्न बाध्य रहेको स्थानीय देवबहादुर विकले बताए। गाउँमा लाइन नहुँदा सामान्य मोबाइल चार्ज गर्न पनि घण्टौँ हिँडेर ढोरपाटन पुग्नुपर्ने उनले गुनासो पोखे । जिल्लाभर ९८ वटाभन्दा बढी लघु जलविद्युत् आयोजना सञ्चालनमा रहे पनि निसेलढोरमा लाइन पुग्न नसकेको हो ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया