राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष
काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले उक्त निर्णय गरेको हो ।
अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रुपैयाँ र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गरेका हुन् ।
प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक जना साहित्यकारलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । यसअघि कोषमा १६ लाख रुपैयाँ मौज्दात थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया