भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण
काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकाले यहाँका नौ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
नगरपालिकामा आज आयोजित एक कार्यक्रमबीच बिर्तामोड-७ का उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
वर्षौँदेखि जग्गाधनी पुर्जाको पर्खाइमा रहेका बिर्तामोड-७ का निरानध्वज लिम्बू, अमृतबहादुर लिम्बू, निर्मला लिम्बू, हरिकला मगर, मसिप्रकाश राई, आइतराज लिम्बू, मैतिमाया लिम्बू, गुरुदेव घिमिरे र कृष्णबहादुर थापालाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
जग्गाधनी पुर्जा वितरण गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँले प्रक्रिया पूरा भएका अन्य नगरवासीलाई चाँडै पुर्जा वितरण गरिने बताए ।
बिर्तामोड-७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले वडाहरूले प्रक्रिया अघि बढाइरहेकाले नगरका एक हजार २०० भन्दा बढी भूमिहीन सुकुम्वासीलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार बिर्तामोड-७ मा ३९ दलित, ९३ सुकुम्वासी र २७७ अव्यवस्थित परिवार छन् । जग्गा स्रेस्ता, मोठ कायम गरेर वितरण गरिएकाले बैंकमा कारोबार गर्न पाउने भए पनि १० वर्षसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था रहेको भूमि समस्या समाधान आयोग बिर्तामोडका प्रमुख विमल पोखरेलले जानकारी दिए।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया