नाइजेरियामा सामूहिक हिंसापछि भाग्ने क्रममा डुंगा पल्टँदा १५ को मृत्यु
एएफपी । नाइजेरियाको उत्तरी राज्य जाम्फारामा आइतबार भएको सामूहिक हिंसापछि भाग्ने क्रममा नदीमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा आपराधिक गिरोहले आतङ्क मच्चाइरहेका, गाईबस्तु चोरिरहेका, गाउँहरूमा लुट र आगजनी गरिरहेका र फिरौतीका लागि अपहरण गरिरहेका छन्।
गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाउनेमा मुख्यतया महिला र बालबालिका रहेको स्रोतले जनाएको छ । नसरवार किर्फी गाउँका प्रमुख मोहम्मदु चिगारीले भने, “नदी तर्ने क्रममा डुंगा पल्टिँदा १५ जना यात्रुको डुबेर मृत्यु भएको हो ।”
मृत्यु हुनेमा आठ महिला, तीन बालबालिका र चार पुरुष रहेका छन् भने तीन जनाको उद्धार गरिएको चिगारीले बताए ।
डाँकुको आक्रमणपछि दमागा, तुंगर मैगुनिया र नसरवार किर्फी गाउँका बासिन्दा घरबाट भागेको अर्का स्थानीय सुलेमान दंगालादिमाले जानकारी दिए । नाइजेरियाको आपत्कालीन निकाय नेमाका निर्देशक अलियु शेहुले घटनाको पुष्टि गर्दै उद्धारकर्मीहरू घटनास्थलमा गएर सूचना संकलन गर्ने र बाँचेकाहरूलाई सहयोग गर्ने योजना बनाइरहेको बताए।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया