थुनिएको थामे खोला ओभर फ्लो हुँदा ५ घर बगायो
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ मा बाढीले ५ घर बगाएको छ । आइतबार रातिदेखिको वर्षाका कारण पासाङल्हामु गाउँपालिकाको थामे खोलामा बाढी आएको हो ।
बाढीले ५ घरमा आंशिक क्षति पुर्याएको खुम्बु पासाङल्हामु गाउँपालिकाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार थामे खोलामा तलाउ जस्तो बनेर थुनिएको पानी ओभर फ्लो भएर बग्दा खोला किनारका घर बगाएको हो ।
त्यस क्षेत्रका घरहरूबाट यसअघि नै मानिसहरूलाई स्थानान्तरण गरिसकिएका कारण ठूलो क्षति हुन नपाएको प्रहरीको भनाई छ ।
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा अनुगमन र आवश्यक सहायताका लागि निगरानी गरिरहेको प्रहरीले जनाएको छ । थुनिएर तलाउ बनेको पानी ‘ओभर फ्लो’ भएर धार परिवर्तन गरी बग्दा तटीय क्षेत्रमा कटान गरेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार बाढीले बिजुलीका पोलमा क्षति पुर्याएकाले त्यस क्षेत्रमा विद्युत प्रशारणलाइन र सञ्चार सेवा समेत अवरुद्ध भएको छ ।
निरन्तर वर्षा भइरहेकाले सम्भावित क्षतिलाई ध्यानमा राख्दै थामेसहित सबै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गाउँपालिकाको आग्रह छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया