शिखर सम्मेलनमा सहभागी प्रथम महिलाहरूको सामूहिक जलयात्रा
चीन । शांघाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरू सम्मेलन सम्बोधनमा व्यस्त रहेका बेला ती मुलुकका प्रथम महिलाहरू भने जलयात्रा र आपसी सद्भाव आदानप्रदानमा व्यस्त भएका छन् ।
चीनको थियानजिनमा भएको सम्मेलनमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी राधिका शाक्य, चीनका राष्ट्रपति सी चीनफिङ धर्मपत्नी पेङ लियुनसहित विभिन्न सहभागी मुलुकका प्रथम महिलाको अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।
उनीहरूले स्थानीय हाइही नदीमा पानीजहाजबाट जलयात्रा गरेका थिए । सो क्रममा चिनियाँ परम्परागत कलाका साथै आधुनिक विकासको अवलोकन गराइएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया