पसल फोडेर मोबाइल चोरी गर्ने पाँच जना पक्राउ, आरोपीकाे घर तलासी गर्दा ६ किलो गाँजा पनि भेटियो
युनिक यादव/बारा । बारा प्रहरीले पसल फुटाएर मोबाईल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र वडा नं.४ खुटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक राजेश थापाका अनुसार प्रसौनी गाँउपालिका वडा नम्बर २ मा शनिबार राती करिब २ बजे शुभ श्री मोबाईल पसल फुटाएर मोबाईल चोरी भएको थियो ।
प्रसौनी गाउँपालिका वडा नं.१ बस्ने विशाल मुखिया संलग्नता रहेको यकिन भएपश्चात प्रहरीले मुखियाको घरमा खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको मालसामान मुखिया सुत्ने कोठाको खाटमुनि लुकाई राखेको ३ बटा झोलामा ९४ थान नयाँ मोबाइल सेट, ब्याट्री र चार्जर, राउटर बरामद गरेको छ ।
खानतलासी गर्ने क्रममा प्रहरीले मुखियाको घरबाट चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा ६ किलोसमेत फेला पारेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
प्रहरीले उक्त चोरी कार्यमा संलग्न रहेका अन्य ४ जनालाईसमेत पक्राउ गरेको हो । पक्राउ परेका ५ जनालाई डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया