NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएर उनी बुधबार स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते चीनको तियाञ्जिन गएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बुधबार प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष