विधान महाधिवेशन तयारीका लागि एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । विधान महाधिवेशनको तयारीका लागि दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको सचिवालय बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
विधान महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्दै छन् ।
एमालेको दोस्रो विधान महाधिवेशन भोलिदेखि सुरु हुँदै छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया