प्रहरीले भन्यो-फोनमा चर्को स्वरले बोले, अबेरसम्म ठूलो स्वरले गफगाफ गरे तीन लाख जरिवाना
काठमाडौँ । नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जारी गरेको सार्वजनिक सूचनामा ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै यसलाई न्यून पार्न सबैलाई सचेत रहन आग्रह गरेको हो।
प्रहरीका अनुसार ध्वनि प्रदूषणले विशेष गरी गर्भवती महिला, मुटुका बिरामी, वृद्ध वृद्धा र बालबालिकाको मानसिक, शारीरिक तथा शैक्षिक स्वास्थ्यमा गम्भीर असर पार्छ। साथै, यसले सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने बताइएको छ।
त्यस्तै, अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन सूचनामा उल्लेख गरेको छ ।
प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । साथै, टोल–छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया