‘केयर वर्क पेसा मात्र नभएर मानवीय सेवा पनि हो’ : परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले केयर वर्क घर, समुदाय तथा राष्ट्रको एक पेसा मात्र नभएर मानवीय सेवा पनि हो भनेकी छन् ।
बिहीबार यहाँ आयोजित एक कार्यक्रममा उनले भनिन्, “बाल्यकालदेखि वृद्धावस्थासम्मका केयर वर्कसम्बन्धी समग्र गतिविधिलाई केवल पेसा वा जागिरका रूपमा मात्र हेरिनु हुँदैन, यो मानवीय सेवा पनि हो ।”
केयर वर्कसम्बन्धी गतिविधिको घर, समुदाय तथा राष्ट्रियस्तरमा मूल्याङ्कन कम भएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको बताउँदै मन्त्री राणाले मुलुकमा यस क्षेत्रको योगदान कृषिको हाराहारीमा रहेको, प्राय: महिलाले यसको असमान भार वहन गरिरहेका, यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको उल्लेख गरिन् ।
नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको, १६औँ योजनाले पहिलोपटक केयर वर्कलाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको उनले बताइन्। मन्त्री राणाले केयर वर्कको क्षेत्रमा गरिने लगानीलाई खर्चका रूपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रूपमा हेरिनुपर्ने बताउँदै उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा विद्यमान यसको अभावलाई पूरा गर्न सके देशमा लाखौँले रोजगारी पाउने र कम्तीमा त्यो अवसर ६० प्रतिशत महिलाहरूको पक्षमा रहने अध्ययनहरूले देखाएका जानकारी दिइन् ।
दशकौँअघिदेखि आफूहरूले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रमा सुरक्षित मातृत्व तथा लैङ्गिक समानता कायम गर्ने अथक प्रयास जारी राखेको बताउँदै मन्त्री राणाले परिणामस्वरुप देशमा मातृ तथा शिशु मृत्युदर घटाउँदै दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अग्रसर भएको चर्चा गरिन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया