अध्यागमन विभागले गर्यो फ्रान्स, ईण्डोनेशिया र अमेरिकी नागरिकलाई कारवाही, तीनदेखि ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध
काठमाडौँ । अध्यागमन विभागले नेपालमा भिसाको उद्देश्य विपरीत बस्दै गैर कानुनी गतिविधिमा संलग्न विदेशी नागरिकलाई कारवाही गरेको छ। विभागले फ्रान्स, ईण्डोनेशिया र अमेरिकाबाट नेपाल आएका केही नागरिकलाई जरिवाना सहित देश निकाला गरेको हो।
उनीहरूले पर्यटक तथा अध्ययन भिसा लिएर नेपाल प्रवेश गरे पनि व्यवसाय सञ्चालन, नगद तथा डिजिटल कारोबारमा संलग्न, कुरान र टर्किस भाषा पढाउने, धर्म प्रचार गर्ने, बालगृहका बालबालिकालाई इसाई धर्म सिकाउने जस्ता गतिविधि गर्दै आएको पाइएको विभागले जनाएको छ।
भिसाको प्रयोजन विपरीत धर्म परिवर्तन, सन्दिग्ध आचरण र प्रत्यक्ष व्यावसायिक गतिविधि सञ्चालन गरेको प्रमाण भेटिएपछि उनीहरूलाई देश निकाला गरिएको अध्यागमन विभागका एक अधिकारीले जानकारी दिए ।
कारवाही अनुसार तीन वर्षसम्म पुनः नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरिएको छ भने कतिपयलाई ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ। साथै ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।
विभागले भिसाको दुरुपयोग गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै नेपालमा बस्ने विदेशी नागरिकलाई नियम-कानुनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया