एमाले विधान महाधिवेशन: सबै प्रतिवेदन सर्वसम्मतले पारित
ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएको छ ।
गोदावरीको सनराइज हलमा ३ दिन बसेको विधान महाधिवेशनको अन्तिम दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन सर्वसहमतिले पास भएको हो ।
यस्तै, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बाद्वारा प्रस्तुत प्रतिवेदन पनि पारित भएको छ ।
प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ । आज समूहगत छलफलको सुझाव टोली नेताले प्रस्तुत गरेका थिए।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सम्पन्न गोदावरी विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जना सहभागी थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया