काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी
काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेन जेडहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गरेको हो ।
माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद् भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
अवस्था तनावपूर्ण भएपछि अहिले कर्फ्यु आदेश जारी भएको हो ।
यसैबिच जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सो क्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया