नयाँ बानेश्वरमा जेनजी प्रदर्शन उग्र, प्रहरीले चलायो गोली, एक जनाकाे मृत्यु
काठमाडौँ । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
गाेली लागेर एक प्रदर्शनकारीीकाे मृत्यु भएकाे छ । सिभिल अस्पतालमा उपचाररत एक प्रदर्शनकारीकाे उपचारका क्रममा ज्यान गएकाे हाे ।
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ ।
आकस्मिक रूपमा गोली चल्नु र कर्फ्यु आदेश जारी भएपछि आसपासका बासिन्दा त्रसित बनेका छन्। सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरू समेत मर्कामा परेका छन्।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया