आन्दोलनमा घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन जेडहरूको आन्दोलनमा घाइते भएका नागरिकहरूको उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पताललाई सर्कुलर जारी गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा मन्त्रालयले आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी तत्कालीन उपचारको व्यवस्था गर्न अस्पतालहरूलाई निर्देशन दिएको हो।
यससँगै, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका स्थानहरूमा सहजै उपलब्ध गराउने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाभित्र एम्बुलेन्स सञ्जालमार्फत एक अस्पतालबाट अर्को अस्पतालमा रिफर भएका बिरामीलाई सहजै लैजान सहजीकरण गर्न आह्वान गरिएको छ।
साथै, सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा खटिन मन्त्रालयले आग्रह गरेको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया