काठमाडौंमा सकियो कर्फ्युको समय
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसोबाट लगाएको कर्फ्युको समय सकिएको छ । दुईपटक गरेर मंगलबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।
बिहान ५ बजेपछि भने जिल्ला प्रशासनले कर्फ्युको समय थपेको छैन ।
यसअघि सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौंका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ५ बजेसम्म थप भएको थियो ।
शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्र्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको थियो ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया