आरजु राणा सञ्चालक रहेको युलेन्स स्कुलमा आगजनी
काठमाडौं । परराष्ट्र मन्त्री समेत रहेकी आरजू राणा सञ्चालक रहेको युलेन्स स्कुलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
आक्रोसित प्रदर्शनकारीहरूले मंगबार बिहान विद्यालयमा आगजनी गरेका हुन् । आगजनीपछि आगो नियन्त्रणका लागि त्यसतर्फ दमकल पठाइए पनि जान सकेको छैन ।
आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
सुशायन कायम र सामाजिक सञ्जालको अवरोध हटाउनुपर्ने मूल माग राखेर जेनजीले सोमबार आयोजना गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा हालसम्म १९ जनाको ज्यान गइरसकेको छ भने दर्जनौं घाइते छन् । सरकारको यस्तो रवैयापछि देशव्यापी रूपमा स्वतःस्फूर्त प्रदर्शन र आन्दोलन सुरु भएका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया