NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

रास्वपाका दुई सांसदद्वारा राजीनामा घोषणा

काठमाडौं । रास्वपाका दुई सांसद्ले राजीनामाको घोषणा गरेका छन् । ललितपुरबाट प्रत्यक्ष निर्वाचित डा. तोसिमा कार्की र समानुपातिकतर्फका सांसद असिम शाहले राजीनामा दिएका हुन् ।

जेनजीको आन्दोलनलाई साथ दिन आफूहरूले राजीनामा दिएको उनीहरूले बताएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले जेलबाटै सोमबार राजीनामाका लागि तयारी अवस्थामा बस्न सांसद्हरूलाई निर्देशन दिएका थिए । यसबारे पार्टीले आधिकारिक निर्णय लिनुपूर्व नै उनीहरूले राजीनामाको घोषणा गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष