प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायतले गरे शान्तिपूर्ण राजनीतिक समाधान निकाल्न अपिल
काठमाडौं । राज्यका महत्त्वपूर्ण अंगका प्रमुखहरूले अहिले सिर्जित विषम् परिस्थितिलाई राजनीतिक संवादका माध्यमबाट शान्तिपूर्ण समाधान निकाल्न अपिल गरेका छन् । साथै उनीहरूले प्रधानमन्त्रीबाट राजीनामा आइसकेकाले संयमित हुन पनि देशवासीलाई अपिल गरेका छन् ।
मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र अनुसन्धान विभागका प्रमुख हुतराज थापाले एक अपिल सार्वजनिक गर्दै संवाद र छलफलमार्फत राजनीतिक निकास निकाल्न आग्रह गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिक सबैलाई संयमित हुन हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ, ‘यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं ।’
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी



प्रतिक्रिया