निषेधाज्ञा जारी गर्ने तयारीमा सेना
काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ । मान्छे भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो ।
“अहिले हाम्रो ध्यान परिस्थितिलाई सामान्यकरण गर्नेतर्फ केन्द्रित छ । लुटपाट, आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ” नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने, “हामी निषेधाज्ञा जारी गर्ने तयारी गरिरहेका छौँ ।”
सेनाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गरेको छ । अत्यावश्यक सेवाहरू भने सुचारु हुने सेनाको भनाइ छ ।
“अझै मान्छे जमघट हुने काम भइरहेको छ । लुटपाटका घटनामा संलग्न २७ जनालाई सेनाले नियन्त्रणमा लिइसकेको छ,” सैनिक प्रवक्ता बस्नेतले भने ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया