NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २ गते

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर भनेर गलत प्रचार भएको बताएको छ । अन्य देशको पुराना घटनाको हिंसात्मक तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको प्रहरीले प्रष्ट पारेको हो ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना सार्वजनिक गर्दै प्रहरीले यस्तो बताएको हो । ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भनी शीर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइएकोप्रति प्रहरीको ध्यानाकर्षण भएको हो ।

प्रहरीको सूचनामा भनिएको छ, ‘यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थिति थप भड्काउने कार्य नगर्न तथा नगराउनु हुन नेपाल प्रहरी अनुरोध गर्दछ ।’