नेपाली सेनाद्वारा १३५ नाल हतियार बरामद
काठमाडौँ । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपछि देशभरको शान्ति–सुरक्षा अवस्था मजबुत बनाउन क्रमशः सफलता हासिल भइरहेको छ ।
सुरक्षा निकायले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०८२ भदौ २६ गते साँझ ६ बजेदेखि २७ गते बिहान १० बजेसम्मको अवधिमा महत्त्वपूर्ण गतिविधिहरू सम्पन्न भएका छन् ।
झापाको भद्रपुर नगरपालिका–८ स्थित अस्पताल चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षितरूपमा डिस्पोज गरेको छ । उक्त घटनाले स्थानीय क्षेत्रमा फैलिएको त्रास कम गर्न सहयोग पुगेको सेनाले जनाएको छ ।
त्यसैगरी, काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट विभिन्न मोबाइल फोन र विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । उनीहरूको पृष्ठभूमि र गतिविधि सम्बन्धमा थप अनुसन्धान भइरहेको सुरक्षाकर्मीहरूले जनाएका छन् ।
यस्तै, धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका कैदीहरूमध्ये ४३ जनालाई पुनः नियन्त्रणमा लिइएको छ । बाँकी फरार कैदीहरूको खोजी परिचालन भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
यस अवधिमा विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद भएको समेत सुरक्षा निकायको विवरणमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया