‘जेनजी’को प्रदर्शनमा आगजानी र लुटपाट गर्नेको प्रहरीले माग्यो भिडियो
काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’को प्रदर्शनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सर्वसाधारणसँग मागेको छ ।
प्रहरीले शुक्रबार (भदौ २७) एक सूचना प्रकाशित गर्दै सर्वसाधारणसँग भदौ २३ र २४ गते देशभर भएका अप्रिय घटनाको तस्बिर तथा भिडियो मागेको हो ।
“यही भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आमसर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू तपाईंहरूसँग छ भने कृपया हामीलाई ‘नेपालपुलिसइनफो एट जिमेल डट कम’ मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ,” प्रहरीले भनेको छ ।
प्रहरीले तस्बिर तथा भिडियो पठाउनेको परिचय गोप्य राखिने जनाएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया