ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता
काठमाडौं । ललितपुर र भक्तपुरले निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिइएको जनाएका छन् ।
जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षाका लागि जारी भएको निषेधाज्ञा तथा फफ्र्युलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम ललितपुर जिल्लाभर कफ्र्यु जारी गरिएको जिल्ला प्रसाशन कार्यालय ललितपुर र भक्तपुरले जनाएका छन् ।
आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ देखि भोलि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ ।
काठमाडौंमा नेपाली सेनाले लगाएको कफ्र्यु र निषेधाज्ञाको समय सकिएको छ । जिल्ला प्रशासन कार्यालयले भने बिहान साढे ९ बजेसम्म कुनै सूचना जारी गरेको छैन ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया