कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना घाइते
कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।
बेलडाँडी गाउँपालिका-१ झरना सागर सामुदायिक वन नजिकै सोही ठाउँका ४७ वर्षीय डम्बर विष्ट हात्तीको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
“चान्देउबाट साइकलमा बेलडाँडी आउँदै गरेका विष्टलाई जंगली हात्तीले आक्रमण गरेको हो”, उनले भने । मध्यवर्ती क्षेत्र नजिकै हात्तीले उनलाई आक्रमण गरेको हो । घाइते विष्टलाई नेपाली सेना र स्थानीयको सहयोगमा उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया