प्रधानमन्त्री कार्कीलाई चीनबाट बधाई,नेपालसँगको सम्बन्ध सुदृढ बनाउँदै लैजाने विश्वास
काठमाडौं – नेपालकी नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै नेपाल–चीन सम्बन्ध अझ मजबुत हुने आशा व्यक्त गरेका हुन्।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुश्री सुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दछ। चीन र नेपालको मित्रता पुरानो, ऐतिहासिक र परस्पर सहयोगमा आधारित छ।”
चीनले आगामी दिनमा नेपालसँगको आपसी सम्बन्ध अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया