जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
चितवन– जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए ।
उनीहरूको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो ।
जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ ।
यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रूपाखेतीले जानकारी दिए ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया