पार्टी कार्यालयमा देखिए प्रचण्ड, जेनजीबारे बाेलेनन्, भव्य पार्टी कार्यालय बनाउने घाेषणाा
काठमाडाैं । जेनजी आन्दाेलनपछि नेपाली सेनाकाे सुरक्षा घेरामा पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँबाट निस्किएर पहिलाे पटक सार्वजनिक गतिविधिमा सामेल भएका छन् ।
जेनजी आन्दाेलनका क्रममा ध्वस्त भएकाे पार्टी कार्यालय निरीक्षण गर्न प्रचण्ड मंगलबार पेरिसडाँडा पुगेका हुन् ।
जेनजी पुस्ताकाे उथलपुथलकारी विद्राेहपछि पहिलाे पटक सार्वजनिक कार्यक्रममा देखिएकाले यसबारे उनले टिप्पणी गर्ने ठानिएकाे थियाे । तर उनी याे विषयमा प्रवेश गर्नै चाहेनन् ।
जेनजी आन्दाेलनका क्रममा भएका ताेडफाेबारे पनि उनले केही बाेलेनन् ।
जेनजी आन्दाेलनका क्रममा प्रचण्डकाे आफ्नाे निवास, छाेरी गंगाकाे निवास, पार्टी केन्द्रीय कार्यालतय लगायतमा आगजनी गरिएकाे थियाे ।
जलेकाे कार्यालय सफाइ गरेकाे भन्दै प्रचण्डले कार्यकर्तालाई धन्यवाद दिए । पार्टी कार्यकर्ताकाे सहयाेगमा पार्टी कार्यालय भवन भव्य बनाउने घाेष्णा पनि उनले गरेका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया