NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं -सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ। खुलेको २ मिनेटमै ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो। अहिले ४० मिनेटका लागि सेयर कारोबार बन्द भएको छ।

आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो।

कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ।

कारोबार सुरू भएको पहिलो घण्टामा ४ प्रतिशत,दोस्रो घण्टामा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ। नेप्से परिसूचक पहिलो घण्टामा ४ प्रतिशतले घटे वा बढेमा कारोबार २० मिनेटका लागि स्थगित हुने व्यवस्था छ। त्यसपछि दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा दिनभरका लागि कारोबार बन्द हुने व्यवस्था छ।

पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको थियो। दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १३३.६१ अंकले घटेर २५३८.६३ विन्दुमा झरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष