NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

संविधान दिवसमा अमेरिकाको शुभकामना

काठमाडौं – अमेरिकी सरकारले नेपाल र नेपाली जनतालाई आज संविधान दिवसको अवसरमा बधाई दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालले संविधानको पालना गर्ने पारदर्शी सरकारप्रतिको आकांक्षा व्यक्त गर्दै आगामी निर्वाचन तयारीमा लोकतान्त्रिक समाधान अत्यावश्यक हुने उल्लेख गरिएको छ।

विज्ञप्तिमा हालैका विरोध प्रदर्शनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार र घाइतेप्रति समवेदना प्रकट गरिएको छ। साथै, नेपालका जनताले आर्थिक वृद्धिको प्रवर्द्धन, क्षेत्रीय सुरक्षाको सुदृढीकरण र सबैका लागि समृद्ध भविष्यमा ध्यान केन्द्रित गर्न सक्नुपर्ने उल्लेख छ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष