NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूप्रति मधेस सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने घोषणा गरिएको छ।

बैठकले आन्दोलनका क्रममा घाइते हुनुभएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको प्रभावकारी उपचार प्रबन्ध मिलाउनुपर्ने निर्णय गरेकोे छ ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने जेनजी पुस्ताले अघि सारेका मागको समाधान वर्तमान संविधानकै दायराभित्र रहेर खोजिनुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष