सबै कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने ‘प्रचण्ड’को प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
आज बसेको पदाधिकारी बैठकमा उनले अहिलेका सबै कमिटी भंग गरेर मंसिरमा महाधिवेशन गरी नयाँ नेतृत्व चुन्ने प्रस्ताव गरेका हुन् ।
उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जाने छ । केन्द्रीय कमिटी बैठकले यस सम्बन्धी औपचारिक निर्णय गर्ने एक पदाधिकारीले बताएका छन् ।
‘अध्यक्ष ‘प्रचण्ड’ले सबै कमिटी भंग गरेर आयोजक समितिमा रूपान्तरण गर्ने र मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने प्रस्ताव राख्नु भएको छ,’ ती पदाधिकारीले भने ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया